राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा गण्डकी र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त

२० वैशाख, काठमाडौं । पछिल्लो राजनीतिक परिघटनाले नयाँ रुप लिन थालेपछि प्रदेशस्तरमा सरकार परिवर्तनका घटना संगै आज राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरेकी छन् ।

उनले गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेशकी प्रदेश प्रमुख शर्मिला कुमारी पन्तलाई पदमुक्त गरेकी हुन् ।