यो हो विश्व रेकर्ड बनाउने संसारको सबैभन्दा गह्रुङ्गो आँप, तौल ४.२५ केजी

गर्मीको मौसम आउने बित्तिकै मानिसहरुको मनमा एउटै फलको नाम आउँछ । फलको राजा – आँप । तर तपाईंले कति ठूलो आँप खानुभएको छ । धेरै ठूलो आँप खानु भएको भएपनि त्यो मुश्किलले एक किलोग्रामको होला । तर सरकारको सबैभन्दा गह्रुङ्गो आँप ४.२५ किलोग्रामको छ । यसको नाम गिनिज वर्ल्ड रेकर्डमा समावेश गरिएको छ । आउनुहोस् यो शानदार आँपबारे जानकारी लिऔंः

यो आँपलाई कोलम्बियामा गुआयातास्थित स्यान मार्टिन फार्ममा फलाइएको हो । यो फार्मका मालिक हुन् किसान दम्पत्ति जर्मन ओरल्याण्ड नोवोआ बरेरा र उनकी श्रीमती रीना मारिया मारोक्विनले मिलेर फलाएका थिए । उनीहरुले सबैभन्दा गह्रुङ्गो आँप फलाएको रेकर्ड बनाएका छन् । यसअघि यो रेकर्ड फिलिपिन्सको नाममा थियो । जहाँ ३.४३५ किलोग्रामको आँप फलाइएको थियो । यो कुरा सन् २००९ को हो ।

जर्मन अरल्याण्डोले उक्त आँप देख्दा आफू नै अचम्ममा परेको बताए । किनभने यसको तौल ४.२५ किलोग्राम छ । यो आँप त्यही रुखमा फलेका अन्य आँपको तुलनामा निकै तीब्र गतिमा बढिरहेको थियो । यो कुराले दुबैले आफ्ना छोरी डेबेजीलाई बताए । डेबेजीले इन्टरनेटमा सबैभन्दा गह्रुङ्गो आँपबारे खोज्दा यो रेकर्ड फिलिपिन्सको नाममा भएको पाए । कोलम्बियाको आँपको माथिल्लो भाग स्याउजस्तो रातो छ ।