दिल्ली क्यापिटल्स ६ विकेटले विजयी हुँदै इन्डियन प्रिमियर लिग (आईपीएल) को शीर्ष स्थानमा

२० वैशाख, काठमाडौं । दिल्ली क्यापिटल्स ६ विकेटले विजयी हुँदै इन्डियन प्रिमियर लिग ९आईपीएल० को शीर्ष स्थानमा उक्लेको छ ।

कप्तान लोकेश राहुल एपेन्डिसाइटिसका कारण अस्पताल भर्ना भएपछि अग्रवालले पञ्जाबको कप्तानी सम्हाल्दै उनले ९९ रन बनाउँदै दिल्लीलाई १६७ रनको लक्ष्य दिएका थिए। दिल्लीले १७।४ ओभर खेल्दै ४ विकेट गुमाएर लक्ष्य पूरा
गर्‍यो ।

यस जितपछि दिल्लीले ८ खेलबाट १२ अंक जोड्दै चेन्नाई सुपर किंग्स र रोयल च्यालेन्जर्स बेंगलोरमाथि २ अंकको स्पष्ट अग्रता बनाएको छ । बेंगलोरले सोमबार कोलकता नाइट राइडर्ससँग खेल्दैछ । सिजनको पाँचौ हारपछि ८ खेलबाट ६ अंक रहेको पञ्जाब छैटौं स्थानमा छ ।

दिल्लीका लागि ओपनर शिखर धवनले अविजित रहँदै सर्वाधिक ६९ रन बनाए । उनले ४७ बल खेल्दै ६ चौका र २ छक्का प्रहार गरे । यस्तै अर्को ओपनर पृथ्वी शले ३९ रन जोडे । स्टिभ स्मिथ २५ र कप्तान ऋषभ पन्त १४ रन बनाएर आउट भए । शिमरोन हेतमायरले ४ बल खेल्दै एक चौका र दुई छक्का मद्दतमा अविजित १६ रन बनाए ।

पञ्जाबका रिले मेरेडिथ, हरप्रित ब्रार र क्रिस जोर्डनले १-१ विकेट लिए ।

त्यसअघि अग्रवालले ५८ बल खेल्दै ८ चौका र ४ छक्का मद्दतमा अविजित ९९ रन बनाएका थिए । यस्तै आईपीएलमा डेब्यु गरेका विश्व नम्बर वान टी-२० ब्याट्सम्यान डेविड मालानले २६ बलमा २६ रन बनाए ।