वीरगञ्जमा १७५ जनामा कोरोना संक्रमण पुष्टि

१७ वैशाख, वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा २८८ नमुना परीक्षण गर्दा १७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये १७५ जना पुरुष र ४४ जना महिला छन् । हिजो गरिएको नमुना संकलनमा ६०.७६ प्रतिशतमा सक्रमण देखिएको हो ।

संक्रमित हुनेमा पर्साका १३१ जना, बाराका ३४ जना, रौतहटका ३ जना, सर्लाहीका ५ जना, महोत्तरी र दाङका १÷१ जनामा संक्रमण देखिएको नारायणी अस्पतालले बताएको छ ।