कर्णालीमा माधव कुमार नेपालले अक्षम्य अपराध गरे

प्रधानमन्त्री, केपी शर्मा ओली

६ वैशाख, काठमाण्डौ । नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठक बालुवाटारमा जारी छ ।
बालुवाटारमा जारी बैठकमा प्रधानमन्त्री ओलीले आफूले भारतीय गुप्तचर निकाय ’रअ’ प्रमुख सामन्त गोयलसँग हुँदै नभएको कुरालाई पुष्पकमल दाहाल ’प्रचण्ड’ हल्ला गरेको बताएको बैठकमा सहभागी एक सदस्यले बताए ।

उक्त कुरा सञ्चार माध्यममा आएपछि प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर निकाय ’रअ’ प्रमुख सामन्त गोयलबीच भएको भनिएको चार बुँदे सहमतिको कागजात ’फेक’ भएको भन्दै प्रधानमन्त्रीको सचिवालयले खण्डन गरेको थियो ।
यसैगरी ओलीले माधव कुमार नेपालले कर्णालीमा अक्षम्य अपराध गरेको बताएका छन् ।

कर्णाली प्रदेशमा नेपाल पक्षका चार जना सांसदहरूले फ्लोर क्रस गरेर माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाहीको सत्ता जोगाइदिएपछि ओली समूह क्रुद्ध बनेको छ ।

नेपाल समूहले भने कर्णालीको घटना अरू प्रदेश र केन्द्रमा पनि दोहोरिन सक्ने बताएको छ ।