मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

५वैशाख, भक्तपुर । मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । चाँगुनारायण नगरपालिका–७ बागेश्वरी फुलिगाउँमा बा ९० प १२७५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा स्थानीयवासी ४६ वर्षीय दामोदर लामिछानेको मृत्यु भएको हो ।

आफ्नो घर नजीक दुर्घटना भएर सोही मोटरसाइकलले थिचिएको अवस्थामा स्थानीयवासीले उद्धार गरी उपचारका लागि भक्तपुर अस्पताल लगेकामा उपचारकै क्रममा आज उनको मृत्यु भएको महानगरीय प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताए ।