शुक्रबार दिउँसो २ बजे संसद् बैठक सुरु हुँदै थियो । प्रदेशसभा परिसरमै रहेको एमाले संसदीय दलको कार्यालयमा १९ जना सांसद एकमत थिए ।
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको प्रस्ताव पेस गरेपछि एमालेका तर्फबाट करवीर शाहीले बोलेका थिए । शाहीमाथि पनि ‘फ्लोर क्रस’ गर्ने शंका थियो ।
उनले अपेक्षा गरेभन्दा फरक धारणा राखेपछि एमाले एकमत भएको सन्देश प्रवाह भएको थियो । संविधानविद् भीमार्जुन आचार्य संसदीय प्रणालीमा ‘फ्लोर क्रस’ गर्ने अभ्यासलाई सामान्य मानिए पनि यसलाई सम्बन्धित दलको विधानले नियमन गर्ने बताउँछन् ।
‘संसारमा सांसदलाई खुला र सीमित प्रतिनिधि मान्ने दुईवटा अवधारणा छन्, सीमित अवधारणाले फ्लोर क्रसलाई निषेध गरेको छ,’ उनले भने, ‘खुला अवधारणाले भने यसलाई सामान्य रूपमा लिने गर्छ ।’
यो समाचार कान्तिपुर दैनिकमा छ ।