सर्वोच्च अदालतको न्यायाधीश पदमा प्रस्तावित नहकुल सुवेदी र कुमार चुडालको नाम अनुमोदन

३ वैशाख, काठमाडौं । संसदीय सुनुवाई समितिले सर्वोच्च अदालतको न्यायाधीश पदमा प्रस्तावित नहकुल सुवेदी र कुमार चुडालको नाम अनुमोदन गरेको छ । समितिले न्यायपरिषदद्वारा प्रस्तावित दुवै जनाको नाम अनुमोद गरेको हो । आज सुनाई समितिले सुवेदी र चुडाललाई बोलाई सुनुवाइका लागि छलफल गरेको थियो ।

यसअघि चैत २२ गते बसेको समितिको बैठकले दुवै जनाविरुद्ध परेको उजुरीमाथि छलफल गर्दै आजका लागि सुनुवाइको मिति तोकेको थियो । समितिमा प्रस्तावित न्यायाधीश कुमार चुडालविरुद्ध दुईवटा र नहकुल सुवेदी विरुद्ध पाँचवटा उजुरी परेको थियो ।