आज र भोलि हावाहुरी र चट्याङसहित पानी पर्ने सम्भावना

३ वैशाख, काठमाडौं । मौसम परिवर्तन संगै नेपालमा आज र भोलि हावाहुरी र चट्याङसहित पानी पर्ने मौसमविदले बताएका छन् । प्रदेश १ र प्रदेश सातमा यसको बढी प्रभाव पर्ने मौसमविदको भनाइ छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार ‘प्रिमनसुन एक्टिभिटी बढेको छ । आज र भोलि पनि एक्टिभ नै हुने देखिन्छ ।’ यसको प्रभावले अपराह्नपछि हावाहुरी चल्ने, चट्याङ पर्ने र हल्का वर्षा हुने सम्भावना रहेको छ ।

मौसमविद मानन्धरका अनुसार यसको बढी प्रभाव प्रदेश १ र ७ मा देखिने छ । बाँकी प्रदेशका पनि पहाडी भागहरु प्रभावित हुने उनले बताइन् ।

मार्च, अप्रिल र मे महिनालाई प्रिमनसुन अवधि मानिन्छ । यो अवधिमा स्थानीयस्तरमा बादल विकसित भइ गड्याङगुडुङ गर्ने, चट्याङ पर्ने र हल्कादेखि मध्यमखालको पानी पर्ने गर्दछ ।

यस्तो क्षणिक अवस्था मनसुनी वायु प्रवेश नगरेसम्म जारी रहन्छ । हावा हुरी र चट्याङले मानवीय क्षतिसमेत पु¥याउन सक्ने भएकाले सतर्क रहन र त्यसबाट जोगिने उपाय अपनाउन जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आफ्नो बुलेटिनमार्फत् आग्रह गरेको छ ।

हिजो बेलुकीपख काठमाडौं उपत्यकासहितका केही जिल्लाहरुमा व्यापक हावाहुरी चलेको थियो । चट्याङसमेत पर्दा भोजपुर, बागलुङ र स्याङ्जामा एक–एक जना गरी तीन जनाको मृत्यु भएको प्रारम्भिक विवरण आएको छ ।