आजको मौसम : अधिकांश भू–भागहरूमा आंशिक देखि सामान्य बदलीका साथै धेरै स्थानहरूमा तुवाँलो रहने

३० चैत, काठमाडौं । स्थानीय वायुको साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेका कारण अधिकांश भू–भागहरूमा आंशिक देखि सामान्य बदली रहेको छ । देशका धेरै स्थानहरूमा तुवाँलो रहेको छ ।

आज सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सफा रहने छ । देशका पहाडी भू–भागका थोरै स्थानहरुमा अपरान्ह पछि मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । देशका केहि भू–भागमा तुवाँलोको असर रहने छ ।

भोलि देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सफा रहने छ। पहाडी भू–भागका एक–दुई स्थानमा अपरान्ह पछि मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

बुधबार सुदूरपश्चिम, कर्णाली, र गण्डकी प्रदेशहरूमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ । पहाडी भू–भागका एक–दुई स्थानमा अपरान्ह पछि मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।