बाख्रा चराउन गएकी महिलाको हात्तीको आक्रमणबाट मृत्यु

२९ चैत्र, बद्रिया । बद्रियामा बाख्रा चराउन गएकीस्एक महिलाको हात्ति आक्रमणबट मृत्यु भएकाृ छ । आज आइतबार दिउँसो १ बजे गेरूवा गाउँपालिका–१ भटेरा बस्ने ६० वर्षीया भुन्टी बोहरा बगुवा सामुदायिक जंगलमा बाख्रा चराउन गएकी थिइन् ।

जंगली हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए ।

हात्तीको आक्रमणबाट बोहराको मृत्यु भएको भन्ने खबर प्रहरीले ३ बजे पाएको थियो । इलाका प्रहरी कार्यालय पाताभार बर्दियाबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली खटिएको थियो ।

केही दिनअघि बर्दियामा बाघले आक्रमण गरी मानिसको ज्यान लिएको थियो । यो वर्षमात्रै बाघको आक्रमणबाट बर्दियामा १० जनाको मृत्यु भएको छ ।