Breaking News

केहि बेरमा कांग्रेस पदाधिकारीको बैठक बस्दै

२९ चैत्र,काठमाण्डौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी बैठक बोलाएका छन् । आज दिउँसो २ बजे बस्ने गरी बैठक बोलाइएको हो ।

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा पदाधिकारी बैठक बस्दैछ । १४ औं महाधिवेशनलगायत विषयमा छलफल गर्न पदाधिकारी बैठक बस्न लागेको हो ।
भोली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दैछ । केन्द्रीय समिति बैठकअघि पदाधिकारी बैठक राखिएको हो । कांग्रेसले १४ औं महाधिवेशन भदौ ७ देखि गर्ने कार्यतालिका बनाएको छ ।

अहिलेसम्म ७१ जिल्लामा क्रियाशील सदस्यता वितरण र नवीकरणका काम भइरहेका छन् । बाँकी जिल्लामा पनि क्रियाशीलको काम सुरू गर्ने तयारीमा कांग्रेस रहेको छ ।

कांग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउने गृहकार्य पनि थालेको छ । गत चैत्र २० को केन्द्रीय समिति बैठकले प्रधानमन्त्रीबाट केपी शर्मा ओलीको राजीनामा माग गर्ने र सरकार बनाउन अग्रसरता देखाउने निर्णय गरेको हो ।

गत शुक्रबार सभापति देउवाले आफ्नै निवास बुढानिलकण्ठमा माओवादी केन्द्र र जसपाका शीर्ष नेतासँग कांग्रेसको नेतृत्वमा नयाँ सरकार बनाउने र समर्थन गर्न आग्रह गरेका थिए । जसपाले पार्टीमा छलफल गर्न भन्दै समय मागेको छ