Breaking News

सबैभन्दा बढी कोरोना संक्रमित अमेरिकामा, करिब अढाई लाखलाई निको भयो

कदर समाचार
चैत्र २३ एजेन्सी । गएको डिसेम्बरबाट चिनको बुआनबाट फैलिएको कोरोना महामारीबाट संक्रमित हुनेको संख्या विश्वभर १२ लाख पुगेको छ । यस रोगबाट सवैभन्दा बढी अमेरिकामा संक्रमण देखिएको छ ।
अमेरिकामा १६ लाखमा गरिएको परीक्षणमा झण्डै सवा तीन लाखमा कोरोना संक्रमण देखिएको छ । यसपछि स्पेनमा धेरै संक्रमित छन् । त्यहाँ साढे तीन लाखमा गरिएको परीक्षणमा एक लाख २६ हजार संक्रमित देखिएका छन् ।
इटालीमा एक लाख २४ हजार, जर्मनीमा ९६ हजार, फ्रान्समा ८९ हजार संक्रमित देखिएका छन्। सवै भन्दा पहिले संक्रमण देखिएको चीनले भने लगभग संक्रमण नियन्त्रणमा लिइसकेको छ। ८१ हजारमा संक्रमण देखिएमा अहिले चीनमा १३ सय मात्रै बिरामी छन्। चीनपछि इरानमा ५५ हजार, यूकेमा ४१ हजार, टर्कीमा २३ हजार र स्वीजरल्याण्डमा २० हजार संक्रमण देखिएको छ ।
यूरोप, अमेरिका हुँदै पश्चिमतिर फैलिएको कोरोना संक्रमित निको हुने डर भने चीनको भन्दा कमजोर छ। चीनले ९३ प्रतिशत बढी बिरामीलाई निको बनाएका थिए । तर, अहिले अस्पताल भर्ना भएर बाहिरिनेमा ७९ प्रतिशत बिरामीलाई निको भएको छ भने २१ प्रतिशतको मृत्यु भएको
छ ।
महामारीपछि अस्पताल भर्ना भएका मध्ये ६४ हजारको मृत्यु भएको छ भने दुई लाख ४६ हजार बिरामी निको भएका छन् । बिरामी निको बनाउनेमा चीन र दक्षिण कोरिया अग्रस्थानमा छन्। दक्षिण कोरियामा १० हजार बिरामी भएका मध्ये ६ हजार ४६३ जना बिरामी निको भएका छन् भने १८३ जनाको मृत्यु भएको छ । त्यहाँ अहिले तीन हजार बिरामीको उपचार भइरहेको छ ।
चीनमा त ८१ हजार संक्रमित मध्ये ७६ हजार बढी बिरामी निको भएका छन्। अमेरिकामा भने सवा तीन लाख संक्रमित मध्ये १४ हजार बिरामी मात्रै निको भएका छन् भने बाँकी बिरामी नै छन् । आठ हजार बढीको मृत्यु भइसकेको छ ।
स्पेनमा ३४ हजार, इटालीमा २० हजार, जर्मनीमा २६ हजार, फ्रान्समा १५ हजार बिरामी निको भएका छन् । नेपालमा नौ जनामा संक्रमण देखिएकोमा एक जना बिरामी निको भएका छन् ।

लेखक : चैत्र २३ एजेन्सी