नेपाल पत्रकार महासंघ काठमाण्डौ शाखामा सूर्य सुवेदीको प्यानलै बिजयी

२७ चैत, काठमाडौं । बुधबार २५ गते सम्पन्न नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको निर्वाचनबाट अध्यक्षमा सूर्य सुवेदी निर्वाचित हुदै उनको नेतृत्वको प्यानलै निर्वाचित भएको छ । अध्यक्ष सुवेदीले आफ्ना प्रतिस्पर्धी मोहन पन्तलाई अत्याधिक मतको अन्तरले हराउदै विजयी भएका हुन् । सुवेदीले ७१३ मत ल्याएर विजय हुंदा मोहन पन्तले ३३७ र अर्का प्रतिस्पर्धी सीता पोखरेलले ७९ मत प्राप्त गरेका छन् । त्यस्तै उपाध्यक्ष (खुल्ला) मा सूर्य सुवेदी प्यानलकै रामचन्द्र दुलाल (भान्जा) विजयी भएका छन् । उनले ४६२ मत प्राप्त गर्दा उनको प्रतिस्पर्धी निवर्तमान सहसचिव अमिर लामाले ४३८ मत पाएका थिए ।

उपाध्यक्ष महिलामा अप्सरा गौतमले ५८८ मत प्राप्त गरी विजयी भएकी छन् । सचिवमा महेश्वर गौतमले ४३३ मतसहित विजयी, सहसचिव खुल्लामा अर्जुन डोटेलले ५८२ मत प्राप्त गरी विजयी, कोषाध्यक्षमा अजित अधिकारीले ५८७ मत पाउंदै विजयी भएका छन् ।

त्यस्तै यस पटकको काठमाण्डौ शाखाको सदस्यमा निर्वाचित हुने सदस्यहरूमा कमलराज राई, कृष्णप्रसाद गौतम, कृष्णप्रसाद ढुंगेल, बुद्ध योञ्जन लामा, रमेशकुमार बोहोरा, रमेश लामिछाने, रीना श्रेष्ठ र शैलेश डंगोल रहेका छन् । त्यस्तै निर्वाचित हुनेमा सदस्य (मधेसी) मिनाकुमारी यादव, सदस्य (दलित) शोभा नेपाली, सदस्य (अन्य समावेशी) दिपक काफ्ले, सदस्य (महिला) शोभा अर्याल, सदस्य (आदिवासी जनजाति) सुवासकुमार सुनार रहेका छन् । मतदाता संख्या १४७८ मध्येमा काठमाडौं शाखामा जम्मा १२३४ मत खसेको थियो ।