बालसेनाको अयोग्य बिल्ला हट्ने, तीन सय ‘लोकतन्त्रका योद्धा’ सम्मान

२३ चैत्र, काठमाडौं । जनआन्दोलन, दश बर्षे शसस्त्र बिद्रोह, मधेश आन्दोलन लगायत अन्य राष्ट्रिय हितका लागि साहदत प्राप्त गरेका लाई करिव तीन सय ‘लोकतन्त्रका योद्धा’ लाई सरकारले सम्मान गर्ने भएको छ ।

पहिलो चरणमा वैशाख १ गते प्रधानमन्त्री केपी शर्मा ओलीले सहिद परिवार, घाइते, अपांग बेपत्ता परिवार, पूर्वजनमुक्ति सेनालगायत ३ सयलाई सम्मान गर्न लागेका हुन् ।
‘लोकतन्त्रका योद्धा’को सम्मान एवं परिचयपत्रको व्यवस्था गर्न गठित कार्यदलका संयोजक एवम् परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र बहिर्गमित जनमुक्ति सेनाका पदाधिकारीबीच हिजो बिहान विषयमा छलफल थियो ।

बहिर्गमित जनमुक्ति सेना (बालसेना) का अध्यक्ष रमेश बसेलले कदर न्युज लाई बताए अनुसार पूर्वबाल सैनिकमाथि लगाइएको ‘अयोग्यको बिल्ला’ खारेजीको घोषणा र लोकतान्त्रिक योद्धाको सम्मान एकैपटक हुने जानकारी मन्त्री ज्ञवाली संगको छलफल पछि बताए ।

अध्यक्ष रमेश बसेलका अनुसार बहिर्गमित जनमुक्ति सेनाले ११ वर्षदेखि उठाउँदै आएको मागहमध्ये बहिर्गमित जनमुक्ति सेना (बालसेना) को बिल्ला हट्नोे भएको छ । यति हुनुलाई पनि हामीले सकरात्मक रुपमा लिएका छौं ।

तत्कालीन माओवादीको सेना समायोजन गर्दा उमेर नपुगेको भन्दै ४ हजार ८ जनालाई ‘अयोग्य’ घोषित गरिएको थियो ।
यस बिषयमा समस्या समाधान गर्नका लागि भनेर सरकारले ११ माघमा बसेको मन्त्रिपरिषद् बैठकले ज्ञवालीको संयोजकत्वमा तीन सदस्यीय कार्यदल बनाएको थियो।

शान्तिपूर्ण र सशस्त्र आन्दोलन, जनसंघर्ष, विद्रोह र विभिन्न आन्दोलनमा जीवन उत्सर्ग गरी संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा महत्वपूर्ण योगदान गर्ने सहिद परिवार, घाइते, बेपत्ता, अंगभंग भएकाको सम्मान एवं परिचयपत्रको व्यवस्थाबारे अध्ययन गरी सिफारिस गर्ने क्षेत्राधिकार समितिको रहेको बुझिएको छ ।