हेटौडामा दुई वटा मोटरसाइकल एक–आपसमा ठोकिदा एक जनाको मृत्यु ३ जना घाइते

२३ चैत, हेटौंडा । बागती अंचलको हेटौंडा जिल्लाको मकवानपुरमा दुई वटा मोटरसाइकल एक–आपसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गतको हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१० मेनरोड भटनदेवी मन्दीर मोडमा आइतबार राति दुई वटा मोटरसाइकल आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० बस्ने वर्ष १७ को सगुन रुम्बा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक जयश्वर रिमालले जानकारी दिए ।
हेटौंडाको बुद्ध चोकबाट कर्रातर्फ जाँदै गरेको ना ४९ प ६२२३ नम्बरको मोटरसाइकल र विपरीत दिसाबाट आउँदै गरेको ना ४१ प ६४३६ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा दुर्घटना भएको थियो ।
दुर्घटनामा घाइते भएकी रुम्बाको उपचारका क्रममा चितवनको पुरानो मेडिकल कलेजमा मृत्यु भएको प्रवक्ता रिमालले बताए ।
दुर्घटनामा अन्य तिन जना घाइते भएका छन् । घाइते हुनेमा विज्ञान रुम्बा, विजल लामा र विक्रम लामा रहेको प्रहरीले जनाएको छ ।