गुडविल सहकारी संस्थाका अध्यक्ष दिवाकार श्रेष्ठ पक्राउ

२२ चैत्र, काठमाण्डैं । ललितपुरको कुमारीपाटीमा रहेको गुडविल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दिवाकार श्रेष्ठ हिजो पक्राउ परेका छन् ।

प्रहरीले उनलाई चितवनबाट पक्राउ गरी ललितपुर ल्याएको महानगरीय प्रहरी परिसर ललितपुर स्रोतले बतायो ।
श्रेष्ठले गुडविल सहकारीबाट लिएको ऋण तिर्न नसकेपछि फरार थिए । प्रहरीका अनुसार उनी १५–१६ दिनदेखि फरार हुदै आएका थिए ।

’उनले एकै दिनमा दुई–तीन ठाउँ फेर्दै लुकिरहेका थिए ।
उनीमाथि थप अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालत ललितपुरमा म्याद थप गर्न लगिएको छ ।