घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई निलम्बन गर्ने निर्णय भद्दा मजाक हो

नेता योगेश भट्टराई

१९ चैत्र, काठमाण्डौ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेका माधव पक्षीय नेता घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई पार्टी साधारण सदस्य नरहनेगरी ६ महिनाका लागि निलम्बन गरे पछि त्यसको जवाफमा एमाले नेता योगेश भट्टराईले सामाजिक संजाल ट्यीटरबाट ट्वीट गर्दै घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई निलम्बन गर्ने निर्णय भद्दा मजाक भएको टिप्पणी गरेका छन् ।

ट्वीटरमा प्रतिक्रिया दिँदै भट्टराईले लेखेका छन्, ‘ऋृषिमुनी र वुद्धको ज्ञान भूमि अनि मार्क्सवादको उर्वर भूमि नेपालमा आजकालः विद्वान, ईमान्दार र नैतिकवनहरुमाथि कारबाही हुन्छ । मुर्ख, भ्रस्ट र अनैतिकहरु पुरस्कृत हुन्छन् ।