काठमाण्डौ नाकामा कडाई : ज्वरो तथा रूघाखोकी लागेका व्यक्तिहरूलाई अनिवार्य पिसिआर परीक्षण

१८ चैत, काठमाडौं । पछिल्लो चरणमा भारतमा कोरोना भाइरसका संक्रमण बढ्न थालेपछि नेपाल पनि त्यसको असर पर्न गई कोरोना संक्रमण बढ्न थाले पछि सरकारले कडाई गर्न थालेको छ ।

कोरोना महामारीको जोखिम दोहोरिने खतरा बढेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यका भित्रिने नाकामा निगरानी बढाएको छ ।

प्रमुख जिल्ला अधिकारी काली पराजुलीका अनुसार काठमाडौं भित्रिने प्रमुख नाकामा कडाइ थालिएको हो ।

ती नाकामा अहिले ज्वरो आएका तथा रूघाखोकी लागेका व्यक्तिहरूलाई अनिवार्य पिसिआर परीक्षणमा पठाइन थालेको छ ।

‘केही दिनयता हामीले रूघाखोकी र ज्वरो आएका व्यक्तिहरूलाई परीक्षणमा पठाउने गरेका छौं । परीक्षणको जिम्मा स्वास्थ्य कार्यालयलाई दिइएको छ । नाकाहरूमा ज्वरो नाप्ने कार्य पहिलेदेखि नै लागू गरिएको थियो । ज्वरो मापनलाई अहिले प्रभावकारी बनाइएको छ ।

नाका छिर्ने व्यक्तिहरूलाई स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले सोधीखोजी गर्ने गरेका छन् । लक्षण देखिएकालाई पिसिआर परीक्षण गर्न पठाउने गरेका छन् ।