हिजो सांझबाट मेरोसेयरमा प्राविधिक समस्याका कारण बन्द

१८ चैत्र, काठमाडौँ । आईपियो (सेयर) फर्म भर्नका लागि प्रयोग गरिने मेरो सेयरको सरर्बरमा बेला बेलामा समस्या आइरहेको भए पनि हिजो मंगलबार साँझ देखि बन्द भएको छ ।

सिडिएस एन्ड क्लियरिङ लिमिटेडले मेरोसेयर डट सिडिसिएस डट कम डट एनपीमा सूचना राखेर सेवाग्राहीको चाप बढेकाले प्राविधिक समस्या देखा परेको बताएको छ ।

’मेरो सेयरमा सेवाग्राहीको चाप बढ्ने क्रमसँगै विभिन्न प्राविधिक समस्याहरू देखा पर्दै आएकोमा सोको समाधानका लागि आकस्मिक रूपमा सर्भरहरू जडान गर्न पर्ने देखिएको र सो सर्भर जडान गरी डाटा माइग्रेसन गर्न केही समय लाग्ने भएकाले मिति २०७७÷१२÷१७ बेलुका ८ बजेदेखि केही समयका लागि मेरो सेयर सेवा अवरूद्ध हुने व्यहोरा जानकारी गराइन्छ,’ सूचनामा भनिएको छ,‘मेरोसेयर सेवा अवरूद्ध हुँदा मिति २०७७÷१२÷१६ गते कारोबार भई २०७७÷१२÷१८ गते राफसाफ तथा फर्छ्यौट हुनुपर्ने कारोबारको इडिआइएस प्रविष्टि गर्ने समय २०७७÷१२÷१८ गते बिहान १० बजेसम्म कायम गरिएको व्यहोरा जानकारी गराइन्छ ।’

पछिल्लो समय नेपालमा सेयर लगानीकर्ताको संख्या ह्वात्तै बढेको छ ।
लाखौं संख्यामा सेवाग्राही थपिएपछि मेरोसेयरलाई चाप धान्न हम्मे भएको छ ।