इनार किन गोलो नै हुन्छ ?

तपाईंले पक्कै पनि इनार देख्नुभएको छ होला । कतिले इनारबाट पानी पनि झिकेको हुनुपर्छ ।  आजकाल धेरैको घरमा नै इनार बनाइन्छ । आफ्नै घरमा नदेखेपनि अन्यत्र देख्नुभएको हुनसक्छ । तर तपाईंले हालसम्म जति पनि इनार देख्नुभएको छ, त्यो सबै गोलो आकारको देख्नुभएको होला । चारकुने इनार सायदै बनाइन्छन् तसर्थ तपाईंले सायदै देख्नुभएको होला ।

तर, कहिल्यै सोच्नुभएको छ ? इनार किन गोलो नै हुन्छ ? यदि यो जिज्ञासा तपाईंको मनमा उत्पन्न भएको छ भने आउनुस् यसको कारण बारे जानकारी लिऔं ।

पानीका लागि बनाइने इनार त्यसै गोलाकार बनाइएको होइन । यसको पछाडि वैज्ञानिक कारण छ । इनार गोलाकार बनाउनुका अनेक फाइदा छन् । यही कारणलाई मध्यनजर गरेर इनार गोलाकार बनाइन्छ ।

इनार गोलो बनाउँदा यो ज्यादै मजबुत हुन्छ । यसको कारण यो हो कि पानीको चाप चारैतिर बराबर पर्छ । यदि चारकुने बनाउने हो भने चारकुनामा पानीको धेरै चाप पर्छ र इनार लामो समय टिक्दैन ।

इनार लामो समय सम्मको टिकाउ र प्रयोगका लागि पनि गोलो बनाउने गरिन्छ । यदि हामीले कुनै तरल पदार्थ भण्डारण गर्छौं भने त्यसको चापभण्डारण गरिएको वस्तु वा चिजका भित्ताहरुमा पर्न जान्छ । यसैकारण इनार गोलो बनाइन्छ ।

इनार गोलो बनाउँदा पानीको चाप गोलाकार भएका कारण सबै सतहमा समान रुपले पर्न जान्छ जसका कारण एउटै भागमा मात्र चाप पर्न नगइ बराबर हुन गएका कारण गोलो इनार बलियो हुनजान्छ ।

इनार गोलो बनाउनुको पछाडिको अर्को कारण भनेको यसलाई बनाउन सजिलो हुनु पनि हो । चारकुने बनाउँदा खन्न र मिलाउन पनि ज्यादै गाह्रो हुन्छ ।