Breaking News

नेकपा खारेजको बिरुद्धमा नेकपा माओवादी केन्द्रले आज सर्वोच्वमा पुनरवलोकनको निवेदन दिँदै

१७ चैत्र, काठमाण्डौ । गएको फागुन २३ गते सर्वोच्वले फैसला गर्दै नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) खारेज गरेर साविकका नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्यूताएको बिषयमा नेकपा माओवादी केन्द्रले आज सर्वोच्वमा पुनरवलोकनको निवेदन दिँदै छ ।

बिहान ११ बजे सर्वोच्च अदालतमा पुनरवलोकनको निवेदन दिइने माओवादी केन्द्रका नेता लिलामणि पोखरेलले जानकारी दिए ।

न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले कट्टेल नेतृत्वको नेकपालाई मान्यता दिँदै एमाले र माओवादी केन्द्रबीचको एकता बदर गर्ने फैसला गरेको थियो । सो फैसला राजनीतिक भएको भन्दै माओवादी केन्द्र असन्तुष्ट छ । रिट निवेदकको मागविपरीत सर्वोच्चले पार्टी एकता बदर गरिदिएको माओवादी केन्द्रका नेताहरु बताउँछन् ।