बिष्णु पौडेल लखेटिएको झोकमा रुपेन्देहीका सिडियो र एसपी लाई सुरुवा

१७ चैत्र, बुटवल । केही दिन अघि बुटवलमा अर्धमन्त्री बिष्णु पौडेल रानीगन्जमा मोतिपूर औद्योगिक क्षेत्रको शिलान्यासमा स्थानीयको विरोधपछि बिथोलिएको र उनी बोल्न नपाई कार्यक्रमबाटै त्यहांका जनताले लेखेटेएका थिए । त्यही झोकमा उनले रुपन्देहीका प्रमुख जिल्ला अधिकारीसहित प्रहरी प्रमुखहरुको ६ महिना नपुग्दै सरुवा गरेका छ ।

गृह मन्त्रालयले रुपन्देहीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) पिताम्वर घिमिरेको जिल्ला प्रशासन कार्यालय पर्सा सरुवा गरेको छ ।

रुपन्देहीमा पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ आउने भएका छन् । घिमिरे २०७७ भदौमा रुपन्देहीमा प्रजिअ भएर आएका थिए ।

यसैगरी रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) प्रविण पोखरेललाई पनि ६ महिना नपुग्दै सरुवा गरिएको छ । सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालयका प्रहरी उपरीक्षक भरत खनियालाई पनि हटाइएको छ ।

स्रोतका अनुसार गत फागुन २१ गते बुटवलको प्रजिअसहित सुरक्षा प्रमुखहरुको सरुवा गरिएको हो ।

उक्त शिलान्यास कार्यक्रम लगत्तै स्थानीयले औद्योगिक क्षेत्रको शिलालेख स्तम्भ र आयोजनाको सूचना बोर्ड भत्काइदिएका थिए ।

स्थानीयले ढुंगामुढा गरेपछि अर्थमन्त्री पौडेल बोल्दाबोल्दै दुई मिनेटमै मञ्च छाडेर हिँडेका थिए । त्यस क्रममा एमाले कार्यकर्ताले समेत स्थानीयमाथि ढुंगामुढा गरेर प्रतिकार गरेका थिए ।

दोेहोरो ढुंगा हानाहान हुँदा प्रहरीले संयमता अपनाउँदा त्यस दिन अप्रिय घटना हुन पाएको थिएन । ‘स्थानीयको चर्को विरोध हुँदाहुँदै हतार–हतारमा जबरजस्ती शिलान्यास गरेका अर्थमन्त्री पौडेलको जोडबलमा सीडीओ र सुरक्षा प्रमुखहरुलाई सरुवा गरिएको हो,’ स्रोतको दाबी छ ।