भन्सार बिभागद्धारा एजेन्टको इजाजतपत्र लिन अनलाइन दरखास्त आह्वान

१६ चैत, काठमाडौं । अर्थ मन्त्रालय अन्तर्गत भन्सार विभागले भन्सार एजेन्टको इजाजतपत्र लिन अनलाइन दरखास्त आह्वान गरको छ ।

२१ वर्ष पूरा गरेका नेपाली नागरिकले धधध.अगकतयmक.नयख.लउ वेवसाइटमा गएर दरखास्त दिन सक्नेछन् । त्यसका लागि मा रहेको भन्सार एजेन्टको अनलाइन दरखास्त प्रणाली लिंकमार्फत् दरखास्त दिनुपर्नेछ ।

६ सय ६० जना भन्सार एजेन्ट आवश्यक परेको विभागले जनाएको छ ।

इच्छुक उम्मेदवार स्नातक तह उत्तिर्ण गरेको हुनुपर्नेछ । कम्प्युटर सम्बन्धी कम्तीमा तीन महिनाको आधारभूत तालिम लिएको हुनुपर्नेछ ।

परीक्षा केन्द्र काठमाडौंमा मात्र हुनेछ । दरखास्त भर्न दस्तुर तीन हजार लाग्ने विभागको भनाइ छ । २०७८ वैशाख ५ गतेसम्म दरखास्त दिने समय छ ।

यस सम्बन्धी विस्तृत जानकारी आजको गोरखापत्रमा विभागले निकालेको सूचनामा छ ।