गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा थरु कल्याणकारी सभासंग वार्ता गर्न तीन सदस्यीय टोली गठन

१६ चैत, काठमाडौं । सरकारले रेशम चौधरी लगायतका बन्दीहरुको रिहाईको माग गर्दै आन्दोलन थरु कल्याणकारी सभासंग वार्ता गर्न टोली बनाएको छ ।

मन्त्रिपरिषद्को पछिल्लो बैठकले गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई र पूर्व सांसद भगवती चौधरी रहेको वार्ता टोली बनाएको हो ।