ओलीपक्षद्धारा माधवपक्षीय अघाँखाचीका तीनजनालाई संगठित सदस्यत र पार्टीबाट निष्कासन

१६ चैत्र,बुटवल । सत्तासिल एमालेले नेकपा एमालेको माधवपक्षीय जिला नेतालाई समानान्तर जिल्ला कमिटी गठन गर्न नेतृत्व गरेको आरोपमा पार्टीबाट निष्कासन गरेको छ ।

निस्कासित एमालेका सचिवालय सदस्य रामबहादुर चौहान,संविधान सभाका सदस्य तथा पार्टी संगठित सदस्य डा. दुमनसिंह थापा र सिद्धिप्रसाद भुसाल रहेका छन् ।

जिल्ला कार्यालय सन्धिखर्कमा हिजो बसेको बैठकले पार्टी हित विपरीत विभाजनकारी गतिविधिमा संलग्न रहेको भन्दै तीनैजनालाई पार्टीको संगठित सदस्यता समेत नरहने गरी पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको थियो ।
पार्टीविरोधि गतिविधिमा संलग्न अन्यलाई स्पष्टिकरण सोधिने जिल्ला अध्यक्ष आचार्यद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ ।