१६ चैत, काठमाडौं । म्यानमारमा सैनिक ’कू’विरूद्ध दक्षिण एशियाली मुलुक र विश्वव्यापी रूपबाट पर्याप्त प्रतिक्रियाको अभावले म्यानमारका जनता ब्याकुल भएको भन्दै नेपालका नागरिक अगुवाहरूले सरकारलाई प्रजातान्त्रिक मान्यताको पक्षमा उभिन आग्रह गरेको हुन् ।
म्यानमारका जनतालाई सहयोग गर्न भन्दै हिजो १२ जना नागरिक अगुवाहरूले विज्ञप्ति जारी गरेका छन् । विज्ञप्ति जारी गर्नेमा विपिन अधिकारी, रेणु अधिकारी, रेम विश्वकर्मा, डम्बर चेम्जोङ, राजेन्द्र दाहाल, कुलचन्द्र गौतम, जयप्रकाश गुप्ता, अर्जुन कार्की, रामेश्वर खनाल, महेश मास्के र सुशील प्याकुरेल छन् ।
म्यानमारमा सेनाले गत फेब्रुअरी १ मा आङ सान सुकीलगायत नेतालाई पक्राउ गरेर सत्ता हत्याएको थियो ।
सैनिक कूको विरोधमा अहिले म्यानमारमा दिनदिनै प्रदर्शन हुने गरेका छन्। सेनाले प्रदर्शनकारीमाथि क्रुर दमनको नीति लिएको छ । शनिबारमात्रै त्यहाँ सेनाको गोली लागेर बालबालिकासहित ११४ जनाको मृत्यु भएको थियो ।