एमाले संसदीय दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरू

वरिष्ठ नेता माधाव नेपाल र भिम रावल गएनन्

१३ चैत, काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरू भएको छ ।

अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकमा वरिष्ठ नेता झलनाथ खनालसहितका माधव पक्षका केही नेताहरू सहभागी छन् ।

यद्यपी बैठकमा माधवकुमार नेपाल र भीम रावल भने उपस्थित भएनन् । सुरेन्द्र पाण्डे केही समयमै बैठकबाट बाहिरिएका थिए ।

यसअघि आजै भएको खनाल–नेपाल समूहको बैठकले ओलीले बोलाएको संसदीय दलको बैठकमा भाग लिने निर्णय गरेको थियो ।