रात्रिकालीन व्यवसाय सञ्चालन नगराउन जिप्रका ललितपुरको निर्देशन

११ चैत, काठमाण्डौ । ललितपुर जिल्ला प्रशासन कार्यालयले रात्रिकालीन व्यवसाय सञ्चालन नगराउन निर्देशन दिएको
छ ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाको अध्यक्षतामा बसेको डिस्ट्रिक कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (डिसिसिएमसी) को बैठकले रात्रिकालीन व्यवसाय सञ्चालन नगराउन निर्देशन दिएको हो ।

राति ११ बजेपछि सञ्चालन हुने व्यवसायमा रोक लगाउन प्रशासन कार्यालयले निर्देशन दिएको हो ।

त्यस्तै, व्यवसायहरू सञ्चालन गर्दा भीडभाड नगर्न र स्वास्थ्य तथा सुरक्षाका मापदण्डको व्यवस्था मिलाउन भनिएको छ ।

पछिल्लो समय कोरोना भाइरसको संक्रमण बढ्दै गएको भन्दै गृहमन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयमा परिपत्र जारी गरेको थियो । त्यही परिपत्र अनुसार ललितपुरका अस्पताल र स्वास्थ्य संस्थाहरू महामारी व्यवस्थापनको लागि आवश्यक तयारी गराउन निर्देशन दिएको छ ।

अबको होलीमा पनि भीडभाड नगर्न निर्देशन दिएको बैठकले निर्णय गरेको छ ।

DCCMC_KO_NIRNAYA