घरमै बसेर होली मनाउन स्वास्थ्य मन्त्रालयको अपिल

११ चैत, काठमाण्डौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले होली पर्व घरमै मनाउन र भीडभाड नगर्न अपील गरेको छ ।

कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्यासंगै जोखिम बढेको भन्दै मन्त्रालयले थप सतर्कता अपनाउन आग्रह गरेको छ ।

नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले भने, ‘पछिल्लो केही दिनमा संक्रमणको संख्या उकालो लागेको छ । जोखिम पनि बढेको छ । त्यसैले होली घरमै मनाउन र भीडभाड नगर्न आग्रह गर्छौं ।

रंगहरुको पर्व होली पहाडमा चैत १५ र तराई मधेसका जिल्लामा १६ गते मनाइँदैछ । आज बुधबार देशभर ३९६३ परीक्षणमा १४५ जनामा संक्रमण पुष्टि भएका छन् ।