श्रीमानसँगै बसेकी श्रीमती मृत फेला

११ चैत्र, जनकपुरधाम । जनकपुरस्थित एक होटलमा श्रीमानसँगै बसेकी महिला होटल नजिकै मृत अवस्थामा भेटिएकी छन् ।
जनकपुरधाम उप–महानगरपालिकास्थित रमानन्द चोकमा रहेको सर्लाही होटेल एण्ड गेष्ट हाउसको पाँचौँ तल्लामा रहेको कोठा नम्बर २०५ मा श्रीमानसँगै बसेकी महिला होटल बाहिर मृत अवस्थामा फेला परेकी हुन् ।

म्याग्दीको मेलानी गाउँपालिका–७ बस्ने ३० वर्षीया सिर्जना सुनार श्रीपाली श्रीमान् विश्वास श्रीपालीसँगै दुई दिनअघि देखि होटलमा आएर बसेकी थिइन् ।
उनी होटल छेउमा रहेको हिलो जमेको ठाउँमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता मकेन्द्र मिश्रले जानकारी दिएका छन् ।

दुई साताअघि वैदेशिक रोजगारबाट फर्केका श्रीमानसँग उनी यातायात व्यवस्था कार्यालय जनकपुरमा स्कुटीको लाइसेन्स बनाउन आएको प्रहरीले जनाएको छ ।

श्रीमानसँगै होटलमा सुतेकी उनी हाम फालेर आत्महत्या गरेकी हुन् कि कसैले खसाएको हो भन्ने नखुलेको र अनुसन्धान भइरहेको प्रहरीले जनकारी गराएको छ ।