लोक सेवा आयोग कार्यालय पदाधिकारी विहीन

११ चैत, काठमाडौं । लोक सेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनाली लगायतको कार्यकाल सकिएसंगै आयोग पदाधिकारीविहीन भएको छ ।

अध्यक्ष मैनालीसहित चार जना सदस्यको ६ वर्षे कार्यकाल हिजो मंगलबार सकिएको छ ।

सदस्यहरू विन्द्रा हाडा भट्टराई, अशोककुमार झा, ब्रम्हादेव राय, कृष्णचन्द्र झाको पनि कार्यकाल सकिएको हो ।

मैनालीसहितको कार्यकाल सकिएको र नयां पदाधिकारी नियुक्ति गर्न ढिलाइ हुंदा आयोग पदाधिकारीविहीन बनेको छ ।

आयोगमा नयां पदाधिकारी नियुक्ति गर्न संवैधानिक परिषदबाट सिफारिस गरेर संसदीय सुनुवाइबाट अनुमोदन गर्नुपर्ने नियम छ ।

संवैधानिक परिषद सम्बन्धी अध्यादेश सरकारले प्रतिनिधि सभा बैठकमा टेबुल गरेको छ ।

उक्त अध्यादेश फिर्ता लिन प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले माग गरिरहेको छ । प्रमुख प्रतिपक्षी दलको नेताविनै बैठक बसेर निर्णय गर्न सक्ने गरी प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश ल्याएका थिए ।

आयोग पदाधिकारीविहीन हुंदा कामकारवाहीमा असर परेको छ । परीक्षा र नतिजा निकाल्ने काम कहिले रोकिएका
छन् ।

कार्यतालिकाअनुसार हुनुपर्ने विज्ञापन पनि रोकिएको स्रोत बताउंछ ।

आयोगले सूचना निकाले वैशाख ६ र ११ गतेका लागि तोकिएको खरिदार वा सोसरह पदको परीक्षा स्थगित गरिसकेको
छ ।

आयोगले सरकारी तथा अर्धसरकारी कार्यालयले माग गरेअनुसार परीक्षामार्फत् कर्मचारी छनौट गरी पठाउने गर्छ ।