नयां पार्टी कार्यालय अवलोकनका लागि प्रधानमन्त्री ओली थापाथली जांदै

११ चैत, काठमाडौं । सत्तारुढ नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पार्टी कार्यालय रहने भवन अवलोकनका लागि थापाथली जाने भएका छन् ।

प्रधानमन्त्री ओली उक्त भवन निरीक्षणका लागि थापाथली हाइटस्थित उमंग मार्ग जान लागेका हुन् ।

प्रधानमन्त्री ओली आउने भएपछि त्यहां सुरक्षाकर्मीहरू र पार्टीका केही नेता उपस्थित छन् । एमाले केन्द्रीय कार्यालय धुम्बाराहीबाट थापाथली सर्न लागेको छ ।