१० चैत, काठमाडौं । सरकार परिवर्तनको रक्साकस्सी चलिरहेको बेला फेरि जनता समाजवादी पार्टी (जसपा) का नेताहरु बालुवाटार पुगेका छन् ।
जसपा नेताहरु अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतोका साथै शर्वेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्ण सरकारसंग वार्ता गर्न भन्दै बालुवाटार छिरेका छन् ।
सत्तारुढ नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले जसपाको समर्थन लिने प्रयास गर्दै आएका छन् । त्यसका लागि दुबै पक्षबीच निरन्तर सम्वाद भएपनि अहिलेसम्म पनि सहमति हुन सकेको छैन ।