१० चैत, काठमाडौं । सर्वोच्वले गएको फागुन २३ गते फैसला गर्दै ओली र प्रचण्ड अध्यक्ष रहेको नेकपाको दर्ता नै खारेज गरेपछि २०७५ साल जेठ ३ गते एकीकृत भएका नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई ब्यूताएको करिब १८ दिन पछि नेकपा माओवादी केन्द्रले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता खारेज गरेर नेकपा एमाले र माओवादी केन्द्र ब्युंताउने सर्वोच्च अदालतको फैसला पुनरवलोकनका लागि निवेदन दिने तयारी गरेको छ ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरुले आज मंगलबार कानुन व्यवसायीहरुसंग छलफल गरेका छन् । ‘पुनरवलोकनमा कहिले जाने ? केके विषय उठाएर जाने ? भन्ने विषयमा छलफल भएको छ’, पूर्व महान्यायाधिवक्ता मुक्ति प्रधानले भने, ‘कहिले भन्ने छ । कहिले भन्ने पार्टीले निर्णय गर्ला ।