९ चैत, काठमाडौं । हालै मात्र सरकारसंग तीन बुंदे सम्झौता गरी शान्ति प्रक्रियामा आएको नेकपा विप्लव नेतृत्व का महासचिव नेत्रविक्रम चन्द (विप्लव) र प्रधानमन्त्री केपी शर्मा ओली बीच आज भेटवार्ता भएको छ ।
प्रधानमन्त्रीलाई भेट्न विप्लव सरकारी निवास बालुवाटार पुगेका थिए । भेटमा विप्लवले सरकारसंग भएको सहमतिअनुसार आफ्नो पार्टीका नेता कार्यकर्ता रिहा गर्न ढिला भएको बताएका थिए ।
विप्लव समूह र सरकारबीच गत फागुन २० गते नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको प्रतिबन्ध हटाउने, कारागारमा रहेका विप्लव समूहका नेता र कार्यकर्ता रिहा गर्ने र सम्पूर्ण मुद्दा खारेज गर्ने सहमति भएको थियो ।
सोमबारको भेटमा विप्लवले उक्त सहमति कार्यान्वयनमा ढिला भएको भनी सरकारको ध्यानाकर्षण गराएका हुन् ।
जवाफमा प्रधानमन्त्री ओलीले नेता कार्यकर्ता रिहाइका लागि आफूहरु लागिरहेको उत्तर दिएको स्रोतको दाबी छ ।