सुन तोलामा ५ सय रुपै्रयांले बढ्यो

८ चैत, काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ तोलामा पांच सय रुपैयांले बढेको छ । गएको शुक्रबार प्रतितोला ८६ हजार ७ सय रुपैयांमा कारोबार भएको छापावाल सुनको भाउ आइतबार ८७ हजार दुई सय रुपैयां तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आजका लागि तेजाबी सुनको भाउ ८६ हजार ७५० रुपैयां तोकिएको छ । चांदीको भाउमा पनि सामान्य वृद्धि भएको छ ।

शुक्रबार १२७५ रुपैयां तोलामा कारोबार भएको चाँदीको भाउ प्रतितोला पांच रुपैयांले बढेर १२८० रुपैयां कायम भएको महासंघले जनाएको छ ।