Breaking News

सत्तारुढ एमालेको केपी ओली समूहको केन्द्रीय कमिटी बैठकले माधव नेपालसहित ४ जनालाई स्पटीकरण र महासचिवको नेतृत्वमा सचिवालयको व्यवस्थापन गर्ने निर्णय

७ चैत्र, काठमाण्डौ । सत्तारुढ नेकपा एमालेको केपी शर्मा ओली समूहको केन्द्रीय कमिटी बैठकको प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले महासचिवको नेतृत्वमा सचिवालयको व्यवस्थापन निर्णय गरेको छ ।

त्यसैगरी आगामी वैशाख ९ गते (अप्रिल २२) मदननगर बल्खुमा रहेको पार्टी कार्यालयको शिलान्यास गर्ने पनि निर्णय गरेको हो ।

यसैगरी, स्थायी कमिटी पुनःगठनका लागि अध्यक्ष र महासचिवले प्रस्ताव गर्ने निर्णय गरिएको छ ।

बाँकी कार्य विभाजन गर्न संगठन विभाग प्रमुख विष्णु पौडेल, शंकर पोख्रेल र टोप बहादुर रायमाझीलाई १० दिनभित्र प्रस्ताव गर्न भनिएको छ ।

प्रदेश कमिटीको कमिटी बनाउँदा प्रदेशका इन्चार्ज, सह–इन्चार्ज संयोजक र सह–संयोजकको सिफारिसमा केन्द्रीय कमिटीले निर्णय गर्नेछ ।

जन संगठनको हकमा टोपबहादुर रायमाझीले सम्बन्धित जन संगठनको इन्चार्ज, सह–इन्चार्ज, अध्यक्ष, सह अध्यक्ष, महासचिव पदाधिकारीसँग सल्लाह गरेर सम्मेलन आयोजक समिति बनाउने निर्णय गरिएको छ ।

त्यस्तै, प्रवास क्षेत्रको कमिटीको व्यवस्था गर्न बिन्दा पाण्डेले सम्बन्धित इन्चार्ज, सहइन्चार्ज, संयोजक,सह–संयोजकसँग सल्लाह व्यवस्थापन गर्न भनिएको छ ।