Breaking News

प्रधानमन्त्री बन्ने सपना पूरा भएन भने त्यसैलाई प्रतिगमन भनेर व्याख्या गर्ने

६ चैत, काठमाडौं । आज बसेको प्रतिनिधिसभाको बैठकमा बोल्ने क्रममा नेपाल सरकारका परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले निश्चित व्यक्तिको प्रधानमन्त्री बन्ने सपना पूरा भएन भने त्यसैलाई प्रतिगमन भनेर व्याख्या गर्ने गरिएको बताएका छन् ।

निश्चित व्यक्ति पदमा पुग्न पाउंदा अग्रगमन र पदमा पुग्न नपाउँदा प्रतिगमन हुने ? भन्ने प्रश्न पनि गरेका छन् ।

‘एउटा शब्द चर्चामा आयो, निश्चित व्यक्ति पदमा पुग्न पाउंंदा अग्रगमन हुने तर पदमा पुग्न नपाउँदा प्रतिगमन हुने ? हाम्रा निम्ति काठमाडौंका जनताले पानी खान पाउनुजस्तो अग्रगमन केही हुन सक्दैन ।

पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि दलहरूले प्रतिगमन गरेको भन्दै विरोध गरेका थिए। सर्वोच्चले प्रधानमन्त्री ओलीको कदम बदर गरिदिएपछि प्रतिनिधि सभा पुनस्थापना भएको थियो ।

पुनस्थापित प्रतिनिधि सभाको चौथो बैठकमा आज बोलेका मन्त्री ज्ञवालीले सरकारले यसबीचमा दुइटै मुद्दा हारे पनि अदालतको आलोचना नगरेको बताए ।

सरकारको हिसावले भन्ने हो भने, प्रधानमन्त्रीको हिसावले भन्ने हो भने हामी दुइटै मुद्दा हारेका छौं । मुद्दा हारे पनि हामीले अदालतलाई कुनै आलोचना वा आछेप लगाएका छौं न कुनै ढंगले अगाडि बढेका छौं ।

अदालतले प्रतिनिधि सभा विघटन बदर गरिदिएको थियो । एमाले तथा माओवादी एकीकरण गरी बनाएको नेपाल कम्युनिष्ट पार्टी ऋषि कट्टेलको भएको पनि सर्वोच्चले फैसला गरिदिएको थियो । यसतर्फ संकेत गर्दै ज्ञवालीले दुवै मुद्दा हारेको उल्लेख गरेका हुन् ।

उनले सरकारका तर्फबाट ल्याइएका विधेयकहरू संसदमा टेबुल गर्न नपाएको पनि बताए । संसदको पहिलो बैठकमा अध्यादेश पेश गर्न नदिइएको उनको भनाइ थियो ।

परराष्ट्र मन्त्री, प्रदीप ज्ञवाली