Breaking News

महान्यायाधीवक्ता अग्नि खरेलद्धारा राजीनामा

६ चैत, काठमाडौं । महान्यायाधीवक्ता अग्नि खरेलले राजीनामा दिएका छन् । प्रधानमन्त्री सचिवालय स्रोतका अनुसार खरेलले राजीनामाबारे प्रधानमन्त्री केपी शर्मा ओलीलाई जानकारी गराएका हुन् ।

राजीनामा पछि अब खरेल नेकपा एमालेको केन्द्रीय समिति बैठकमा मनोनित भएर सहभागि हुने सचिवालय स्रोतले सेतोपाटीलाई जानकारी दियो ।

झापाबाट खरेलले आगामी निर्वाचनका लागि समेत तयारी गर्ने स्रोतले जनायो । खरेलले केहीबेरमा पत्रकार सम्मेलन गर्दैछन् ।