नवीन्द्रराज जोशीको उपचारका लागि सरकारले आर्थिक सहयोग गर्ने

६ चैत्र,काठमाडौ । मस्तिष्कघातपछि उपचार गराइरहेका नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको उपचारका लागि सरकारले आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको हिजो बसेको बैठकले जोशीको उपचारका लागि १० लाख रूपैयाँ सहयोग गर्ने निर्णय भएको उपप्रधानमन्त्री ईश्वर पोखरेलले जानकारी दिएका छन् ।

आज बिहान नर्भिक अस्पताल पुगेका उपप्रधानमन्त्री पोखरेलले जोशीको उपचारमा सरकारले सहयोग गर्ने बताएको अस्पतालले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

जोशीको स्वास्थ्य अवस्था बुझ्नको लागि उपप्रधानमन्त्री पोखरेल अस्पताल पुगेका थिए । उनले जोशीका परिवारका सदस्यसँग भेटेका थिए ।

गत फागुन १४ मा जोशीलाई मस्तिष्कघात भएको थियो । उनलाई राजिब झालगायत चिकित्सक टोलीले उपचार जारी राखेको छ । जोशीको भेन्टिलेटरमा राखेर उपचार भई रहएको छ ।