पत्रकार बैकुण्ठ भण्डारीको नेतृत्वमा नेपाल कृषि पत्रकार महासंघ गठन

५ चैत, काठमाडौं । पत्रकार बैकुण्ठ भण्डारीको नेतृत्वमा नेपाल कृषि पत्रकार महासंघ गठन भएको छ ।
कृषि क्षेत्रमा कलम चलाउने पत्रकारहरुको एउटै साझा संस्था बनाउने उद्देश्यसहित साढे दुई दशकदेखि पत्रकारितामा क्रियाशील अन्तर्राष्ट्रिय पत्रकार महासंघका सदस्य समेत हुनुहुन्छ ।

नवगठित कृषि पत्रकार महासंघको उपाध्यक्षमा सुमन पन्थ, महासचिवमा पवन श्रेष्ठ, सचिव गोपाल आले, कोषाध्यक्ष कमला भट्टराई चयन भएका छन् । यस अघि स्थापना भएका नेपाल कृषि पत्रकार प्रतिष्ठान (जोना), कृषि पत्रकार समाज (साज) नेपाल र कृषि सञ्चार समाज एकीकरण गरी महासंघ गठन गरिएको हो ।

पेशागत अधिकार र श्रमजीवी कृषि पत्रकारको आवाज बुलन्द बनाउँदै सम्बन्धित निकायसम्म पु¥याउने उदेश्यले स्थापित महासंघको पदाधिकारीको बैठकले कृषि पत्रकारको स्वास्थ सुरक्षालाई लक्षित गरी २५ लाखको कृषि पत्रकार स्वास्थ्य उपचार कोष स्थापना गर्ने निर्णय एवम् घोषणासमेत गरेको छ ।

देशैभर समान उद्देश्य राखेर स्थापना भएका कृषिसंग सम्बन्धित सञ्चार संस्थाहरुलाई छाता सङ्गठनमा आबद्धताका लागि समेत महासंघको पहिलो बैठकले आह्वान गरेको छ ।