ओखलढुङ्गामा आगलागी नियन्त्रणको प्रयास

४ फागुन, विराटनगर । हिजो रातिदेखि ओखलढुङ्गाको चिसङ्खुगढी गाउँपालिका–४ मा रहेको जङ्गलमा आगलागी भएको छ । अहिलेसम्म आगलागी नियन्त्रणमा आउन सकेको छैन ।

बस्ती छेउमा रहेको जङ्गलमा आगलागी सुरु भएपछि स्थानीयबासी र प्रहरीले नियन्त्रणको प्रयास गरिरहेका छन् ।
स्थानीय प्रहरी टोलीले आगो नियन्त्रणमा लिन नसकेपछि सदरमुकामबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीले थप टोली घटनास्थलतर्फ गएको छ । जङ्गलमा आगलागी भएकाले स्याउलाले निभाउने प्रयास भइरहेको उनले बताइन् ।

हिजो रातिबाट आगलागी सुरु भएको हो । निभाउने प्रयास जारी छ ‘विकट ठाउँ भएकाले दमकल जानसक्दैन्, पानीको अभाव भएकाले स्याउलाले आगो निभाउने प्रयास भइरहेको छ ।