मिनी ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

४ चैत, काठमाडौं । कागेश्वरी मनहरा नगरपालिका–६ मुलपानीमा मिनी ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा काठमाडौं महानगरपालिका–६ घर भई चाँगुनारायण बस्ने २७ वर्षीय सुरज कुईंकेल रहेका छन ।
मुलपानि भक्तपुर सडकखण्डमा बा५ख १८२ नम्बरको मिनी ट्रकले प्रदेश ३–०२–०१२ प ५८४२ नम्बरको मोटरसाइकललाई हिजो साँझ ठक्कर दिएको थियो ।

मिनी ट्रकको ठक्कर दिएपछि गम्भीर घाइते भएका र नेपाल मेडिकल कलेज अत्तरखेल जोरपाटीमा उपचारको क्रममा नै हिजो साँझ मृत्यु भएको प्रहरीले जानकारी गराएको छ ।

ठक्कर दिने ट्रकसहित चालकलाई महानगरीय प्रहरी वृत्त बौद्धले नियन्त्रणमा लिएको छ ।