सिन्धुलीमा जिप दुर्घटना ४ को मृत्यु ७ घाइते

३ चैत, काठमाण्डौ । सिन्धुलीको कमलामाई नगरपालिका–७ करङडाँडामा बा १७ च १११७ नम्बरको जिप दिउंसो पौने ४ बजे सडकबाट ५० मिटर तल खस्दाजिप दुर्घटना हुंदा ४ जनाको मृत्यु भएको छ, ७ जना घाइते भएका छन् ।

दुर्घटनामा ४ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डीएसपी मनोजकुमार लामाले जानकारी दिए ।

मृत्यु हुनेमा कमलामाई नगरपालिका बाँसकोटका ६०–६५ वर्षका रुद्रबहादुर थापा, १८ वर्षकी रीता इस्माली, १९ वर्षकी दुर्गा श्रेष्ठ र उनका छोरा २ वर्षका मनिष श्रेष्ठको मृत्यु भएको प्रहरीले बताएको छ ।

चालक भोजबिक्रम थापासहित सबै घाइतेलाई जिल्ला अस्पताल सिन्धुली ल्याइएको छ । चालकको अवस्था गम्भीर भएकाले धुलिखेल पठाउने तयारी भइरहेको डीएसपी लामाले जानकारी दिए ।

सिन्धुली सदरमुकाम सिन्धुलीमाडीबाट बांसकोटतर्फ जांदै गरेको जिप आफैं अनियन्त्रित भएर पल्टिएको प्रारम्भिक अनुसन्धान बाट देखिएको लामाको भनाइ छ । जिपमा ११ जना सवार थिए ।