३ चैत, काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारस्थित निवासमा अहिले चियापान कार्यक्रम आयोजना गरिएको छ ।
अबको केही बेरमा आयोजना हुने चियापानमा सरकारका मन्त्री, सांसद र एमालेका नेताहरुलाई बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
राजनीतिक शक्ति संघर्ष चर्किरहेको बेला ओलीले चियापान कार्यक्रम आयोजना गर्नुलाई अर्थपूर्ण मानिएको छ ।
सो चियापान कार्यक्रम माधव नेपाल पक्षले भने बहिष्कार गर्ने यसअघि नै जनाएको छ ।
पार्टीमा ओलीको स्वेच्छाचारिता बढेको भन्दै नेपाल पक्षले भोलि देखि ४५ गते काठमाण्डौमा कार्यकर्ता भेला बोलाएको छ । सोही भेलाको बारेमा जानकारी दिन आज पत्रकार सम्मेलन आयोजना गर्दैछ ।