हिमाली जिल्लामा नयाँ शैक्षिक सत्र असारबाट

३ चैत, काठमाडौं । यो वर्षको हिमाली जिल्लामा पनि जेठमा नै शैक्षिक सत्र सकिने र असारबाट नयाँ शैक्षिक सत्र सुरु गरिने भएको छ ।

फागुनबाट नै नयाँ शैक्षिक सत्र सुरु हुने र अन्य जिल्लाहरुसँगै हिमाली जिल्लामा पनि नयाँ शैक्षिक सत्र असारबाट नै हुने भएको हो ।
मुगु र कालीकोट जिल्लाको केही क्षेत्र र हुम्ला, जुम्ला, डोल्पा, मनाङ, मुस्ताङ जिल्लामा हिउँदमा हिमपातका कारण विद्यालयमा प्रतिकूल प्रभाव पर्ने भएकोले फागुन १ देखि नयाँ शैक्षिक सत्र सुरु हुँदै आएको छ ।

तर यो वर्ष कोरोनाको कारण पठनपाठनमा असर परेकोले सबैतिर एउटै समयमा शैक्षिक सत्र अन्त्य र सुरु गर्ने निर्णय भएको शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले बताए । उनका अनुसार, ‘कोरोनाको कारण फागुनबाट नयाँ शैक्षिक सत्र सुरु गर्न सक्ने अवस्था भएन । त्यसैले ती जिल्लाहरुमा पनि असारबाटै शैक्षिक सत्र सुरु गरिने छ।