२ चैत, पर्वत । अहिले मुलुकमा ओली सरकारको अन्त्य र नयां सरकार निर्माण कसरी गर्ने भन्ने राजनीतिक सरर्गम चुलिरहेको बेला प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल कांग्रेसकोे निर्णायक पात्रको रुपमा खडा भएका छन् । उनले हरेक दिन भनिरहेका छन्, केपी ओली सरकारलाई बिदा दिएर नयां सरकार निर्माणमा पार्टी सभापति देउवालाई अन्य राजनीतिक दललाई भनिरहेका बेला वरिष्ठ नेता आज गण्डकी प्रदेशको पर्वत जिल्लामा पत्रकार भेटघाट कार्यक्रममा भने, अहिलेको अवस्थामा कांग्रेसलाई सत्तामा जानभन्दा व्यवस्थाको रक्षा गर्नु प्रमुख चुनौती रहेको बताएका छन् । नेता पौडेलले संविधान र संसदमाथि हुने हमलाको सामना गर्नु कांग्रेसको मुख्य दायित्व हुने
बताए ।
वरिष्ठ नेता पौडेलले कांग्रेस दोस्रो दल भएकाले प्रधानमन्त्री विरुद्ध आफूले अविश्वास प्रस्ताव नलैजाने तर अरूले लगेमा साथ दिने स्पष्ट गरे । नेता पौडेलले विकृत राजनीतिको अन्त्यका लागि कांग्रेसले अहिलेको अवस्थामा नेकपा(माओवादी केन्द्र) र जनता समाजवादी पार्टीसँग मिलेर नयाँ सरकारका लागि पहल गर्नुपर्ने बताए ।
‘देशको हित गर्न कांग्रेस सरकारमा जान तयार हुनुपर्छ तर अन्य दलको बुई चढेर सत्तामा गइहाल्न हुंदैन,’ पौडेलले भने, ‘अहिले सत्ताभन्दा पनि आफ्नो पार्टीलाई कसरी जनतासमक्ष लोकप्रिय बनाउने भन्नेमा लाग्नुपर्छ, कांग्रेस आन्तरिक किचलोमा फसेको छ, सबै मिलेर कांग्रेसलाई जनताको पहिलो पार्टी बनाउनुपर्छ भनेका थिए ।