Breaking News

केपी ओली र माधव नेपालबीच धुम्बाराहीमा भेटवार्ता हुँदै

२ चैत्र, काठमाण्डौ । नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवझलनाथ पक्षबीच अहिले एक आफसमा कसरी पछार्ने भन्ने विषयमा जुहारी चलिरहेको छ । अहिले एमालेका यी दुवै पक्ष आआफ्नो राजनीति गतिविधि चलाएर पार्टी फुटको संघारमा जान लागेको बेला अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल बीच भेटवार्ता हुँदैछ । अहिले पार्टी कार्यालय धुम्बाराहीमा भेट तय भएको हो ।

ओलीले बालुवाटार बोलाए पनि नेपाल त्यहाँ जान तयार

भएनन् । त्यसपछि अहिले ११ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा भेट हुने तय भएको स्रोतले जनाएको छ ।

ओली र नेपाल बीच चार महिनापछि भेटवार्ता हुन लागेको हो । गएको २५ कात्तिकमा आफू निकट नेताहरु सहित बालुवाटार पुगेर नेपालले ओलीलाई भेटेका थिए । त्यसपछि एक्लाएक्लै भेटवार्ता भएको छैन ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनपछि भने एक अर्काविरुद्ध गतिविधि, अभिव्यक्ति र निर्णय नै गर्दै आएका ओली र नेपाल बीच भेटवार्ता हुन लागेको हो । दुई पक्षको भेटवार्ताकै लागि ओलीले आज चियापानसमेत ओलीले राखेका छन् ।