नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक बस्दै, एमालेमा गएका नेताहरुलाई कारवाही गर्ने सम्भावना

१ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक बस्दैछ ।

केन्द्रीय कार्यालय पेरिसडाँडामा अबको केही बेरमा बस्न लागेका हो । बैठकमा नेकपा एमालेमा गएका नेताहरूलाई कारवाही गर्ने निर्णय गर्ने सम्भावना छ ।

शनिबार बसेको केन्द्रको स्थायी कमिटी बैठकले एमालेमा गएका रामबहादुर थापा बादलसहितका नेतालाई २४ घण्टे स्पष्टिकरण सोधेको थियो ।

तत्कालीन नेकपा माओवादीका २३ जना नेतालाई नेकपा एमालेले केन्द्रीय सदस्य मनोनित गरेको थियो । साथै सरकारमा रहेका माओवादी केन्द्रका मन्त्रीहरूलाई फिर्ता आउन केन्द्रले भनेको छ ।